About Us

Welcome to Ministry of Labour and Occupational Safety

Introduction

यस कार्यालयको स्थापना कहिले भएको कुन नामबाट भयो भन्ने सटिक प्रमाण नभेटिए पनि श्रम तथा रोजगार कार्यालयको नाम एवं वैदेशिक पुनः श्रमस्वीकृतिको काम सहित २०७५ सालमा यस कार्यालयको नाम परिवर्तन भएको हो । विशेषतः यस कार्यालयलको मूल काम श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५, टूेडयुनियन ऐन २०४९ को कार्यान्वयन गर्नु हो । साथै औद्योगिक, ब्यापारिक, शैक्षिक एवं सवै प्रकारका प्रतिष्ठानहरु र श्रमिको हितमा काम गर्नु यसको प्रमुख कार्य हो । प्रतिष्ठान र श्रमिक विचका विवाद समाधान गर्ने, विवाद समाधान नभई मुद्दा दर्ता भएमा सुनुवाई गरी फैसला गर्ने अर्धन्यायिक निकायको काम समेत यस कार्यालयले गरी आएको छ । श्रम र श्रमिकको विषयको इतिहास केलाउँदा यस्तो चित्र देखिन आउँछ ।

नेपालको श्रम प्रशासनको इतिहास सन् १९४५ मा उद्योग परिषद्को स्थापना भएपछि शुरु भएको पाइन्छ । यो केन्दिय इकाई थियो । गौँडा, गोश्राराबाट वडाहाकिमहरु श्रम प्रशासनको कार्यकारी संयन्त्रका रुपमा काम गर्दथे । वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि कामदारहरुले राम्रो ज्याला तथा जीवनस्तरका लागि दवाब दिन थाले । औद्योगिक अशान्तिको वातावरण सिर्जना हुन पुग्यो । यस कमिशनको श्रम ऐन पारित गर्ने सिफरिस गर्‍यो । फलतः नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन २०१६ र सो सम्बन्धी नियम २०१९ पारित भए । तर यो ऐन तीन वर्षपछि स्वतन्त्ररुपमा टे्र्ड युनियन गठनमा बन्देज लगाउने गरी संशोधन भएर मात्र लागु गरियो ।

उद्योग तथा वाणिज्य मन्त्रालयले नेपाल गजेटमा सन् २०१९ मार्च १९ गते सूचना प्रकाशित गरी नेपाल कारखाना तथा कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, वि.सं.२०१३ को दफा १ को उपदफा(२) ले दिएको अधिकार प्रयोग गरी त्यस बेलाका सरकारले उक्त ऐनको दफा ३ बाहेक अरु दफाहरु मोरंग बिराटनगर र बारा, पर्सा रौतहट जिल्लाहरुमा मात्र लागु गर्ने मिति २०१८/0९/0१ तोकेको र उक्त जिल्लाहरुमा इन्स्पेक्टर नियुक्त नभएसम्मका लागि स्थानीय वडाहाकिमले सो सम्बन्धी काम गर्ने छ भनि उल्लेख गरिएको थियो । उद्योग विभाग अन्तरगत स्व.श्री गुणराज उपाध्याय मोरंग बिराटनगरको लागि पहिलो फ्याक्ट्री इन्स्पेक्टर पदमा नियुक्ती हुनु भएको थियो । फ्याक्ट्री कार्यालय बिराटनगर बडाहाकिमको कार्यालयको परिसर भित्रै स्थापना गरेको थियो ।

श्रम प्रशासन अन्तरगत द्विपक्षीय तथा त्रिपक्षीय औधोगिक सम्बन्ध लाई विकास र सुमधुर बनाउने, टूेड युनियनहरुको दर्ता एवं निर्वाचन गर्ने, प्रतिष्ठानहरुको निरीक्षण र अनुगमन गर्ने, श्रमिक एवं व्यवस्थापक बिच उत्पन्न हुने श्रम बिबादलाई समयमा नै समाधान गर्ने, मध्यस्थता गर्ने, उच्च उत्पादकत्वका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी बिषयमा अध्ययन र अनुसन्धान गरी सो अनुसार उत्कृष्ट एवं स्वस्थ्य कार्य अवस्थाको व्यवस्थाका साथै सुरक्षित औधोगिक बातावरण तयार गर्नेका साथै नेपाली श्रमजीवीहरुलाई बढी मात्रामा औधोगिक कार्यमा संलग्न गराउन औधोगिक सिप सिकाउने, अन्तराष्टिूय श्रम संगठनका महासन्धिहरुलाई क्रमशः अनुमोदन गर्दै श्रम प्रशासनको विकासलाई उच्चस्तरमा पुर्याउन प्रयत्न गर्ने कार्यहरु पर्दछ ।

नेपालमा श्रम तथा व्यवसायजन्य सुरक्षा बिभाग अन्तरगत हाल विराटनगर, भद्रपुर, जनकपुर, हेटौडा, काठमाडौँ,पोखरा,बुटवल,नेपालगञ्ज,विरेन्द्रनगर,धनगढी,भैसेपाटी ललितपुरमा श्रम तथा रोजगार कार्यालयहरु छन् ।

Staff Detail

Staff Details

See More

खगेन्द्र सुवेदी

Senior Labour Officer, Biratnagar, Morang, Nepal